Friday, February 16, 2018

Nepali Movie Pachheuri | Shiva Shrestha | Bhuwan KC | Kristi Mainali |...

नेपाली चलचित्रलाई माया गरौ । के तपाईले सुपरहि६ नेपाली फिल्म प५ौउरी हेर्नु भएको ५ैन भने अब एक प६क अवश्य हेर्नु होस एबि पिक्चर्स फार्मको यु६ुबच्यानल मार्फत साथै नँया तथा पुराना फिल्महरु हेर्नका लागी हाम्रो च्यानल सबक्रयाब गर्न नभुन्नुहोला ।

जुनी जुनी तिम्रै हो नेपाली फिल्म को कस्को सुपरहिट गित एक पटक हेरौ ल Juni Juni Timarai Ho Ni | Khai Ko Kasko Movie Song | AB Pictures Farm | ...

स्तुती गरे भगवान लाई लोकप्रिय नेपाली भजन Saran ma aaye | Narayan Shretha | AB Pictures Farm | BG Dali

Monday, February 12, 2018

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ ।


हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन टायन शहरमा भएको युगल जोडीलाई १४ फ्ररवरीको घटनालाई लिएर पाश्चात्य मुलुकहरुमा मान्दै आएको यो भ्यालेनटायनलाई हाल आएर नेपालमा पनि उत्तिकै महत्व लिएर युगल जोडीहरुले यस दिनलाई महत्वपूर्ण दिन मानिने गरेको पाइन्छ ।

यस टेली चलचित्रमा पनि माया प्रेम अन्धो हुन्छ । मानव जीवनमा प्रेम अति महत्यपूर्ण छ या त त्यो दृष्यबिहिन होस या त कान नसुन्ने होस सवैलाई प्रेमले छोएको हुन्छ ।

प्रेमको परिभाषालाई पर्दा माध्यमबाट छर्लङ्ग पार्न खोजेका निर्देशक शर्माले बताउनु हुन्छ । यस स्पर्शको पर्दामा लोमश शर्मा र इस्टु कार्कीले दमदार अभिनय प्रस्तुत गरेको पाइन्छ ।

यस चलचित्रका निर्देशकिय सल्लाहाकार बिजय गोपाल दलीको रहेको छ भने एबि पिक्चर्स फार्मले यस चलचित्रलाई सार्वजानीक गरेको छ ।

प्रकाश पुष्पक राई, २९ माघ, २०७४

 भिडियो लिङ्क तल





Sunday, February 11, 2018

को–को पर्लान त खोटाङ आईडलको १० प्रतिभा

खोटाङमा जारी गायन प्रतियोगिता खोटाङ आईडलको पाँचौं चरण लोक–पप राउण्डको निर्णय चर्चित गायिका पार्बती राई लगायतका स्थापित सांगीतिक हस्तीहरुले गर्ने भएका छन् । २ नगर र ८ गाउँपालिका रहेको जिल्लाका बिभिन्न स्थानमा लुकेर रहेका प्रतिभाको पहिचान गर्दै अवसर प्रदान गर्ने उदेश्यका साथ शुरु गरिएको गायन प्रतियोगिताको शनिबार हुने अडिसनको निर्णय गायिका पार्बती राईसँगै हेमबिक्रम राई र भलकाजी राई मार्फत हुने आयोजकले जनाएका छन् ।

चौथो चरणको लोक आधुनिक राउण्ड पार गरेर अगाडी आएका १७ प्रतिभामध्येबाट लोक–पप चरणबाट १० मा  सिमित गर्ने योजना बनाईएको छ । गएको मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलको चौथो चरणसम्मको अडिसन पार गरेका १७ उत्कृष्ठ प्रतिस्पर्धीहरु उक्त अडिसनबाट उत्कृष्ठ १० का लागि मञ्चमा उत्रनेछन् ।

‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नारा लिएर हलेसी तुवाचुङ नगरपालिका–११ स्थित परिवर्तन नेपालले आयोजना गरेको प्रतियोगिताको पाँचौ चरणबाट छनौटमा परेका १० प्रतिभालाई भोटिङ सिस्टममा लैजाने संयोजक जस्वनकुमार राईको भनाई छ ।

गत अडिसनबाट उत्कृष्ठ १७ मा अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम गजमेर, राजन गिरी परेका छन् । यस्तै, पाचौं चरणका लागि रोहित चाम्लिङ, रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार र सुमन राई छनौट भएका छन् । उत्कृष्ठ १० का लागि तेज राई, उमेश राई, युवाराज राई, ईशारा चेली राई, दिपा राई र संगम राई पनि प्रतिस्पर्धामा रहेका छन् । 

विजेता मध्ये प्रथमले ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५ सय ७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । यस्तै,  वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । 

गजल

जन्म र मृत्यु मनपरी बनाएर देखा बिज्ञान।
यि मान्छेहरुलाई अजम्बरी बनाएर देखा बिज्ञान॥

मलाई केहि चाहिएको छैन त्यो निष्ठुरीको।
यादै नआउन दबाई केहि गरी बनाएर देखा बिज्ञान॥

कृतिम रिमोटमा चल्ने त्यो रोबटले पनि।
महशुस गरोस न थरथरी बनाएर देखा बिज्ञान॥

मलाई असाध्यै हेर्ने रहर छ चमत्कार तेरो।
शिशिरमा फुल्ने मन्जरी बनाएर देखा बिज्ञान ॥

प्रियसी रितु
लम्की कैलाली

Friday, February 9, 2018

‘कृ’ को ‘फर्स्ट डे’ अकुपेन्सी

नेपाली फिल्म बजार यतिबेला ‘कृ’मय बनेको छ । भ्यालेनटाइन डेको छेकोमा रिलिज भएको युवा स्टार अनमोल केसी र नव-नायिका अदिती बुढाथोकी अभिनित फिल्म ‘कृ’ ले आजबाट देशभरका करीब सय बढी हलमा प्रदर्शन सुरु गरेको छ । मल्टिप्लेक्समा उच्च शो पाएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गर्न सफल भएको छ । 
 
फिल्मको ‘फर्स्ट डे’ ओपनिङ अकुपेन्सी ६५ प्रतिशतको आसपासमा रह्यो । अनमोलको बढ्दो क्रेज शुक्रवार विहानदेखि साँझसम्म सिनेमा घरहरुमा उत्साहजनक देखिन्थ्यो । उनका 'डाईहार्ट' युवती फ्यानहरुको हलमा बाक्लै घुइँचो थियो । इन्स्टाग्राममा फलो गर्ने अदितीका फ्यानहरु पनि सिनेमा घरहरुमा उल्लेख्य देखिन्थे । 
 

'लभर व्वाई' को भूमिकामा खुब रुचाइएका अनमोललाई एक्सन अवतारमा पनि दर्शकहरुले तारिफ गरेका छन् । उनको क्यूटनेशमा 'वाउ' भन्ने यूवतीहरु पनि उतिक्कै देखिए । राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कृ’ ले शुक्रवार पकड जमायो । विहानको शोमा गोपीकृष्णको ४ वटा पर्दा हाउसफूल रहेका थिए ।

  उता, राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल र कुमारी हलमा पनि फिल्म हेर्ने दर्शकको चाप गज्जब थियो । विग मुभिज, एफक्यूव, विएसआर मुभिज जस्ता मल्टिप्लेक्स हल पनि दर्शकले भरिभराउ थिए । अपेक्षा गरे झैँ शुक्रवार दर्शकको चाप नदेखिए पनि भोली शनिवार आक्रामक हुनेमा निर्माण पक्ष विश्वस्त छ । 
 
हलबाट निस्कँदै गर्दा युवतीहरुले अनमोलको दुई फरक लुक्सको तारिफ गरे । अभिनयलाई औसत भने । पुरुष दर्शकहरुले भने नायक अनुप विक्रम शाहीको कामलाई उत्कृष्ट भनेका छन् । उनको अभिनयमा युवतीहरु पनि 'दिवाना' भए । फिल्मको ब्याकग्राउण्ड म्यूजिक र मेकिङ अब्बल छ । अनमोलले आफूलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा प्रमाणित गरेका छन् । पैसा खर्च गर्न निर्माताले कञ्जुस गरेका छैनन् । 
 
फिल्मले पहिलो दिन अर्थात्, शुक्रवार ६० देखि ७० लाखको आसपासमा कलेक्सन गरेको हुन सक्ने अनुमान गरिएको छ । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘कृ’ ले पहिलो दिन सुखद कलेक्सन गरेको छ । तर, अपेक्षा गरे अनुसार भने छैन । 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । 

मन बहादुरको पहिलो गीत हरेक दिन

आज भन्दा २० वर्ष अगाडी सोलुखुम्बु जिल्लाको तत्कालीन छेस्काम गा.वि.स. मा बुबा राम बहादुर राई र आमा चन्द्रमणि राईको कोखबाट जन्म लिएका मन बहादुर विद्यालय स्तरमा हुादा देखि नै गीतहरु गुनगुनाउँने गर्थे ।

सानैदेखि राजेश पायल राईको स्वर रहेका गीतहरुमा लोभिने उनी आफु पनि त्यसरी नै कुनै दिन गायक बन्न पाए हुन्थ्यो भनेर कल्पिन्थे पनि ।

संयोग भन्नु पर्छ साँच्चीकै उनी पनि अहिले गायक बनेर चिनिएका छन् ।
२०६७ सालमा मोफसलका नेपालीको सपनाको शहर काठमाडौं प्रवेश गरे उनी । करीब १ वर्ष जति त उनलाई उपत्यका चिन्न मै बित्यो ।

उनले ‘आर्को म्युजिक स्टुडियो’ बागबजारमा संगीत पनि सिक्न थाले । यही यात्राको दौडानमा २०६८ सालमा उनको स्वरमा हरेक दिन पश्चिम पारी बोलको आधुनिक बिधाको पहिलो गीत रेकर्ड भयो ।

अप्सरा पराजुलीको शब्द तथा दिवेन श्रेष्ठको संगीत रहेको उक्त गीतले उनलाई चिनाउँने सुरुवाती काम पनि गर्यो ।

त्यसपछि उनले सबिना के.सी.को शब्द र दिवेन श्रेष्ठकै संगीतमा ए नि हजुर बोलको पुर्वेली लोक गीत रेकर्ड गरे । यही निरन्तरतामा हालसम्म उनको स्वरमा चन्द्रि मोक्तानको शब्द तथा प्रियजन राईको संगीतमा तिम्रो साथ पाए, किशोर कुलुङ र प्रियजन राईको शब्दमा दिवेन श्रेष्ठकै संगीतमा छेस्कामा माथी, सनम पुरुषको शब्द तथा संगीत रहेको मेरी काली, समिप कुुलुङको शब्द र प्रियजन राईको संगीतमा तिमी अर्कैको भएनि लगायतका गीतहरु रेकर्ड भई सकेका छन् ।


तक्मेको बिहे

हाँस्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ र रजनी गुरुङबीच विवाह भएको तस्विर सार्वजनिक गरिएको छ ।
उनीबीच वास्तविक जीवनमा नभएर रिल लाइफमा विवाह बन्धनमा बाँधिएका हुन् ।
भद्र भुजेलको निर्देशनमा बनिरहेको चलचित्र ‘साली कसको भेनाको’ छायांकनका क्रममा उक्त तस्विर लिइएको हो ।
सो चलचित्रमा तक्मेबुढा, रजनीसहित सुष्मा कार्की, मरीष्का पोखरेल, बुद्धि तामाङ, रवी गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाललगायतको अभिनय रहनेछ ।

श्रीकृष्ण श्रेष्ठको नाममा एकीकृत नमुना बस्ती निर्माण

स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाममा एकीकृत नमुना बस्ती निर्माण गर्दै स्वेता खड्का

नायिका स्वेता खड्काले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने औपचारिक घोषणा गरेकी छिन् । स्वेता श्री फाउण्डेशनको तर्फबाट स्वेताले मंगलबार ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रममा बस्ती निर्माणको घोषणा गरेकी हुन् ।

‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्दछु’, ‘सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५६ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गर्दछु ।’

स्वेताले सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीबाट सहयोगको अपेक्षा गरेको बताइन् । ‘पहिलो काम रकम संकलन हो । सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीको योगदान रहन्छ भन्ने विश्वास छ’, उनले भनिन्।

नायिका खड्काले सबैले गौरव गर्न लायक बस्ती बनाउने बताइन् । एक वर्षअघि माझी बस्तीमा पुग्दा त्यहाँको पीडा देखेर आफूले त्यही बस्ती निर्माण गर्ने सोच बनाउनेको स्वेताले प्रष्ट पारिन् ।

‘पैसा भएर निर्माणको घोषणा गरेकी होइन् । सामाजिक कामका लागि धन मात्र भएर हुँदैन मन र तन हुनुपर्छ’, नायिका खड्काले भनिन्, ‘आँट र साहस भए हिमाल पनि फुटाउन सकिन्छ ।’

बस्तीमा निर्माण हुने सबै घर उस्तै र एउटै रङका हुनेछन् । एकीकृत बस्तीलाई खुला होमस्टेको रुपमा विस्तार गर्ने उनको भनाइ छ । ‘बस्ती स्वेताको होइन, तपाईं हामी सबैको हो । काम गर्दा आइपर्ने समस्यासँग डठराउदिन किनकी म एक्लै छैन’, उनले भनिन्, ‘हामी घर होइन, बस्ती हस्तान्तरण गर्दै छौँ । हामी बस्ती माझीलाई होइन, स्थानीय सरकारलाई हस्तान्तरण गर्दै छौँ ।’


स्वेताश्री फाउण्डेसनको सल्लाहकारमा वसन्त श्रेष्ठ, प्रेम खत्री, आकाश अधिकारी, शेरबहादुर केसी, नरेस भट्टराईलगायत रहेका छन्।

अमिताभ बच्चन अस्पताल भर्ना

अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्

भारतीय सिने उद्योग बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो । अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन । अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो । आज (शुक्रवार) मात्रै उनको आगमी फिल्म ‘१०२ नट आउट’को पहिलो टीजर रिलिज भएको थियो । यस फिल्ममा उनी २७ वर्षपछि ऋषि कपुरसँग देखिँदैछन् । गत वर्षको मार्च महिनामा पनि अमिताभ बिरामी परेका थिए । त्यसबेला उनी लगभग १ हप्तासम्म अस्पताल बसेका थिए 

मुख्यमन्त्रीमा शेरधनकै पक्का भो

प्रदेश/प्रतिनिधिसभा निर्बाचन अघि नै प्रदेश नं. १ अन्तर्गत भोजपुरबाट उम्मेदवार उठेका शेरधन राईलाई जीत निश्चितता अनि मूख्यमन्त्री बन्ने करिब पक्का हो भन्ने गरेका थिए । अन्ततः धेरैको यो आकलन आज सहि सावित भएको छ । प्रदेश÷प्रतिनिधि सभाको निर्बाचन पश्चात एमालेका भिम आचार्यको दावी र उनको पक्षमा वकालत कडै आयो तर, शुक्रबार संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएपछि राईको मुख्यमन्त्री बन्ने बाटो खुल्यो भने नेता आचार्यले दावी गर्ने अवस्था पूर्णविराम भयो ।

राईले दुई मतको मतान्तरमा जितेर मुख्यमन्त्रीको बाटो खोलेका हुन् । एमाले प्रदेश नं. १ को उपसंयोजकसमेत रहेका राईले २६ मत पाएका थिए भने पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यले २४ मत पाएका थिए । राई एमालेभित्रको संस्थापन पक्ष र आचार्य माधवकुमार नेपाल समूह भनेर चिनिन्छन् । एकमत बदर भएको थियो ।


यसैबीच प्रदेश सरकार गठन प्रक्रिया छिट्टै सुरु हुने भएको छ । संसदीय दलका नेतामा निर्बाचित राईले फागुन २ गतेभित्रमा प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुने बताएको अनलाईन सञ्चारमाध्यमहरुले जनाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सांसद (बहुमत), बाम गठबन्धनले भागवण्डा लगाउदा सो प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेकै भागमा छ । माओवादीले उपसभामुख लिएको छ । जसको सांसद १६ छन् ।

गजल

मान्छेले मान्छेलाई किन कैदी बनाई दिन्छ!!
बिना कसुर दोषि ठहर्‍याई जेल पठाई दिन्छ!!


कदम-कदममा शत्रुलाई हसाउन लगाई दिन्छ!!
भगवान् पनि कति निर्दयी रहेछन् मेरा लागि!!

आउँछ र यो मनसंग खेल्नु खेलेर जान्छ कोहि!!
बल्ल तल्ल पुरिएको घाउ फेरि बल्झाई दिन्छ!!

बलिरहेको थियो यो दिल पानी हाल्नु को साटो!!
अझ दनदनी बाल्न मट्टीतेल र सलाई दिन्छ!!

गल्ती गरिएछ इमानदार भएर स्वार्थी शहरमा!!
खान लागेको गास अर्कोले खोसेर खाई दिन्छ!!

राजन प्रभात