Friday, February 9, 2018

मन बहादुरको पहिलो गीत हरेक दिन

आज भन्दा २० वर्ष अगाडी सोलुखुम्बु जिल्लाको तत्कालीन छेस्काम गा.वि.स. मा बुबा राम बहादुर राई र आमा चन्द्रमणि राईको कोखबाट जन्म लिएका मन बहादुर विद्यालय स्तरमा हुादा देखि नै गीतहरु गुनगुनाउँने गर्थे ।

सानैदेखि राजेश पायल राईको स्वर रहेका गीतहरुमा लोभिने उनी आफु पनि त्यसरी नै कुनै दिन गायक बन्न पाए हुन्थ्यो भनेर कल्पिन्थे पनि ।

संयोग भन्नु पर्छ साँच्चीकै उनी पनि अहिले गायक बनेर चिनिएका छन् ।
२०६७ सालमा मोफसलका नेपालीको सपनाको शहर काठमाडौं प्रवेश गरे उनी । करीब १ वर्ष जति त उनलाई उपत्यका चिन्न मै बित्यो ।

उनले ‘आर्को म्युजिक स्टुडियो’ बागबजारमा संगीत पनि सिक्न थाले । यही यात्राको दौडानमा २०६८ सालमा उनको स्वरमा हरेक दिन पश्चिम पारी बोलको आधुनिक बिधाको पहिलो गीत रेकर्ड भयो ।

अप्सरा पराजुलीको शब्द तथा दिवेन श्रेष्ठको संगीत रहेको उक्त गीतले उनलाई चिनाउँने सुरुवाती काम पनि गर्यो ।

त्यसपछि उनले सबिना के.सी.को शब्द र दिवेन श्रेष्ठकै संगीतमा ए नि हजुर बोलको पुर्वेली लोक गीत रेकर्ड गरे । यही निरन्तरतामा हालसम्म उनको स्वरमा चन्द्रि मोक्तानको शब्द तथा प्रियजन राईको संगीतमा तिम्रो साथ पाए, किशोर कुलुङ र प्रियजन राईको शब्दमा दिवेन श्रेष्ठकै संगीतमा छेस्कामा माथी, सनम पुरुषको शब्द तथा संगीत रहेको मेरी काली, समिप कुुलुङको शब्द र प्रियजन राईको संगीतमा तिमी अर्कैको भएनि लगायतका गीतहरु रेकर्ड भई सकेका छन् ।


No comments:

Post a Comment