अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्
भारतीय सिने उद्योग बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् ।
अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो ।
अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको
स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको
छैन ।
अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही
बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले
जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अमिताभलाई
अस्पताल भर्ना गरिएको हो ।
आज (शुक्रवार) मात्रै उनको आगमी फिल्म ‘१०२ नट आउट’को पहिलो टीजर रिलिज
भएको थियो । यस फिल्ममा उनी २७ वर्षपछि ऋषि कपुरसँग देखिँदैछन् ।
गत वर्षको मार्च महिनामा पनि अमिताभ बिरामी परेका थिए । त्यसबेला उनी लगभग १
हप्तासम्म अस्पताल बसेका थिए
No comments:
Post a Comment