खोटाङमा जारी गायन प्रतियोगिता खोटाङ
आईडलको पाँचौं चरण लोक–पप राउण्डको निर्णय चर्चित गायिका पार्बती राई
लगायतका स्थापित सांगीतिक हस्तीहरुले गर्ने भएका छन् । २ नगर र ८
गाउँपालिका रहेको जिल्लाका बिभिन्न स्थानमा लुकेर रहेका प्रतिभाको पहिचान
गर्दै अवसर प्रदान गर्ने उदेश्यका साथ शुरु गरिएको गायन प्रतियोगिताको
शनिबार हुने अडिसनको निर्णय गायिका पार्बती राईसँगै हेमबिक्रम राई र भलकाजी
राई मार्फत हुने आयोजकले जनाएका छन् ।
चौथो चरणको लोक आधुनिक राउण्ड पार गरेर अगाडी आएका १७ प्रतिभामध्येबाट
लोक–पप चरणबाट १० मा सिमित गर्ने योजना बनाईएको छ । गएको मंसिर २३ गते
साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलको चौथो चरणसम्मको अडिसन पार
गरेका १७ उत्कृष्ठ प्रतिस्पर्धीहरु उक्त अडिसनबाट उत्कृष्ठ १० का लागि
मञ्चमा उत्रनेछन् ।
‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नारा लिएर
हलेसी तुवाचुङ नगरपालिका–११ स्थित परिवर्तन नेपालले आयोजना गरेको
प्रतियोगिताको पाँचौ चरणबाट छनौटमा परेका १० प्रतिभालाई भोटिङ सिस्टममा
लैजाने संयोजक जस्वनकुमार राईको भनाई छ ।
गत अडिसनबाट उत्कृष्ठ १७ मा अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम
गजमेर, राजन गिरी परेका छन् । यस्तै, पाचौं चरणका लागि रोहित चाम्लिङ,
रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार र सुमन राई छनौट भएका
छन् । उत्कृष्ठ १० का लागि तेज राई, उमेश राई, युवाराज राई, ईशारा चेली
राई, दिपा राई र संगम राई पनि प्रतिस्पर्धामा रहेका छन् ।
विजेता मध्ये प्रथमले ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत
कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत
रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५ सय ७४ प्रमाणपत्र,
महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । यस्तै, वेष्ट
भोकलिष्ट एकजनाले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
No comments:
Post a Comment