२०५७ मा एबि पिक्चर्स फार्म प्रा.लि. नामक संस्था गर्दा गरी नेपाली चलचित्रका भिसिडी बिक्री बितरण गर्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका बिजय गोपाल दलीले डेढ दर्जन भन्दा बढी चलचित्र निमार्ण गरेका छन् । हाल उनी नेपाल संगीत उद्दमी संघको उपाध्यक्ष समेत रहेका छन् नेपाली गीत संगीत र चलचित्रको बारेमा दलीसंग सरिता नेपालले गरेका सात प्रश्न ।
![]() |
| बिजय गोपाल दली |
डेढ दर्जन हाराहारीमा निर्माण गरे । नयाँ कन्यदान, चिनो, रिङरोड लगायत ।
चलचित्रबाट कत्तिको सन्तुष्टी हुनुहुन्छ ?
पहिला त धेरै सन्तुष्टी भ्याईनभ्याई थियो, अहिले त जिर्ण अवस्थामा छ, न चलचित्र चल्छ न त भिसिडी नै बिक्रि वितरण हुन्छ ।
किन ?
स्तरिय चलचित्र नबन्नु र यसलाई सरकारले वास्ता नगर्नाले हो । चलचित्रलाई घरेलु उद्योग होइन, उद्योगको रुपमा राख्नु पर्यो पाइरेसी रोक्नु पर्यो बक्स अफिस लागू गर्नु पर्यो । यो काम त सरकारको हो नी त ।
नेपाल संगीत उद्योगको अवस्था कस्तो छ ?
म यस संस्थाको उपाध्यक्षको नाताले भन्नुपर्दा गीत संगीतको अवश्य पनि जिर्ण छ । पाइरेसी हुनबाट जोगाउँने बिभिन्न संचार माध्यममा बज्दा त्यस्को रोयल्टी सर्जकलाई दिने र कडाइका साथ राजस्व उठाउँने हो भने नेपाली गीत संगीत र चलचित्रबाट अत्याधिक मात्रामा राजस्वमा बृद्धिभई राष्ट्र निमौणमा समेत यस क्षेत्रले ठूला टेवा पुर्याउने छ तर यसो हुन सकिरहेको छैन बरु एनसेल र एनटिसीले गीत संगीतबाट ब्रम्हालुट मच्चाइरहेको छ । यस्मा सरकारको ध्यान जाने कहिले हो ?
अहिले के मा ब्यास्त हुनुहुन्छ ?
यू टुवमा ब्यास्त छु । करिव तिनसयको हाराहारीमा रहेको चलचित्रहरुलाई प्रयोगमा ल्याइरहेको छु ।
यू टुवको कमाई कस्तो छ ?
खाशै छैन काम चलाउ मात्र हो ।
तपाईको भावी योजना ?
आफ्नै निमार्ण÷निर्देशनमा बन्न लागेको चलचित्रको बारेमा गृहकार्यमानै ब्यास्त छु ।


